काठमाडौं । एकपछि अर्को असफल फिल्म दिएका आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडी बाँधिने भएको छ । यी दुईले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा जोडी बाँध्ने भएका छन् ।
यसअघि पूजा र आकाशको जोडीलाई चलचित्र ‘रामकहानी’ मा देखिएको थियो । यो चलचित्रले लगानी सुरक्षित गरेको भनिएपनि दर्शकबाट भने औसत प्रतिक्रिया पाएको थियो ।
सोही फिल्ममा एकसाथ काम गरेपछि यो जोडी प्रेम सम्बन्धमा रहेको पनि फाटफुट समाचार आउने गर्छन् । यद्यपि ती समाचारका बारेमा भने आकाश र पूजा दुवैले हल्का रुपमा लिने गरेका छन् ।
‘सम्हालिन्छ कहिले मन’ को छायांकन युकेमा हुनेछ भने फिल्ममा सोनम तोप्देन पनि मुख्य भूमिकामा हुनेछन् ।
दुई नायक र एक नायिकाबीचको कथा रहने फिल्म छायांकनका लागि कलाकारहरु युके जाने तयारी गरिरहेका छन् । चलचित्रलाई सुदर्शन थापाले लेख्नेछन् भने निर्देशन पनि उनैको रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया