एसईई : बारामा परीक्षा शुरु भएको केही बेरमै प्रश्नपत्र बाहिरियो

लोकपथ
91
Shares

बारा । बारामा आजबाट शुरु भएको एसईई परीक्षाको प्रश्न पत्र बाहिरिएको छ ।

आज बिहान ८ बजेबाट अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

परीक्षा शुरु भएको केहीबेरमा प्रश्नपत्र बाहिरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले लोकपथलाई जानकारी दिए ।

जिल्लाको महेन्द्र आदर्श जयनगर चुँटाहा माध्यामिक विद्यालयको परीक्षा केन्द्र बाहिरबाट प्रश्नपत्रसहित केही व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।

‘चुँटाहा माध्यामिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा ह्वास् एपबाट प्रश्नपत्र बाहिरिएको हो । तर त्यहीँ भित्रैबाट वा अन्य ठाउँबाट बाहिरिएको भन्ने पुष्टि भएको छैन ।’ उनले भने, ‘उक्त परीक्षा केन्द्र बाहिर रहेका केही व्यक्तिहरुको मोबाइलमा प्रश्नपत्र आएपछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।’

आफू परीक्षा केन्द्रमा पुगेको त्यसको आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए । सोही केन्द्रबाट वा अन्य स्थानबाट बाहिरिएको भन्ने पुष्टि नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?