काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् ।
आज मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री शर्माले बुधबार नै विश्वासको मत लिन लागेको र आवश्यक प्रबन्धका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए ।
राष्ट्रपति निर्वाचनका कारण केन्द्रको राजनीतिक समीकरण भत्किएसँगै राप्रपाका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्मालाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता आइलागेको हो ।
गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्मालाई राप्रपा, एमाले, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समेत समर्थन रहेको थियो ।
केन्द्रको समीकरण भत्किए पनि एमालेले भने मुख्यमन्त्रीलाई दिएको समर्थन कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल गरिरहेको छ ।
प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया