काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ५ सय ६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य ७ सय ३७ रहेको छ ।
त्यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार शुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य १११ देखि ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ ।
कम्पनीको बुधवार मात्रै १६ लाख ६० हजार कित्ता शेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै ६ करोड बराबरको ६ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया