काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत पाएका हुन् ।
सभामा ३९ सांसद उपस्थिती रहेकोमा ३८ जना सांसदबाट विश्वासको मत पाएाक हुन् । भने यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएका राप्रपाका सांसद बाहेक अन्यले विश्वासको मत दिएका हुन् ।
शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया