काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा मनिष डाँगीले निर्णायक गोल गरेसँगै नेपाल २–१ ले विजयी भएको हो ।
यसअघि १७ औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो । त्यसपछिको खेलमा नेपालले एक गोल थप्दा घरेलु टिम विजयी बन्यो ।
नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । लाअोस् भने उपविजेतामा सीमित बन्यो । प्रतियोगितामा भुटान सहभागी भएपनि समूह चरणबाटै बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया