काठमाडौं । प्रतिनिधिसभाको सभाहलमा शौचालय जाँदा पानी नहुने भएको सांसदले गुनासो गरेका छन् ।
बिहीवार संघीय संसद्को चालू तेस्रो अधिवेशनमा सांसद यज्ञराज सुनुवारले सो कुरा बताएका हुन् ।
उनले कर्मचारी समायोजन आन्दोलनको असर संसदमा परेर हो कि के हो, शौचालय गयो पानी हुँदैन, मंसिर र पुसमा ठण्डीको बैठकहल चिसो बनाइएको छ, यहाँको चेयर युकेजीमा पढ्ने विद्यार्थी अट्ने खालको छ । के भएको हो जवाफ पाउँ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया