चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

लोकपथ
49
Shares

बेइजिङ । चीनका शीर्ष विधायक झाओ लेजीले शुक्रबार बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा नेशनल पिपुल्स काङ्ग्रेस (एनपीसी) स्थायी समितिका अध्यक्ष झाओले चीन-स्पेन सहयोगको बलियो आधार रहेको भन्दै त्यसलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताएका छन् ।

यस वर्ष चीन-स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका साथै चीन-इयु व्यापक रणनीतिक साझेदारीको स्थापनाको २०औँ वार्षिकोत्सव मनाइँदै छ । उक्त भेटमा झाओले आपसी विश्वास र मित्रतालाई अझ प्रगाढ बनाउने प्रयास गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी व्यावहारिक सहयोगका लागि प्रतिबद्ध रहन र संयुक्त रूपमा चीन-ईयु सम्बन्धको स्थिर विकासलाई कायम राख्नुपर्ने झाओको धारणा रहेको छ ।

झाओले चीनको एनपीसीले स्पेनसँग थुप्रै क्षेत्रमा मैत्रीपूर्ण आदानप्रदानलाई बलियो बनाउन एवं कानुन सुपरिवेक्षणमा विभिन्न विषयलाई आदानप्रदान गर्दै थप सुदृढ गर्न र बहुपक्षीय मञ्चहरूमा नजिकबाट समन्वय र सहयोग गर्न इच्छुक रहेको पनि बताएका छन् ।

त्यसैगरी प्रधानमन्त्री सान्चेजले स्पेनले चीनसँगको सम्बन्ध विकासलाई ठूलो महत्त्व दिएको र एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्ने बताएका छन् ।

स्पेन-चीन र ईयु-चीन सम्बन्धको विकासलाई प्रवर्द्धन गर्न स्पेनी पक्ष चीनसँग व्यापार, लगानी, संस्कृति र अन्य क्षेत्रमा आदानप्रदान र सहयोगलाई थप विस्तार गर्न तयार रहेको पनि सान्चेजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?