काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रुपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ ।
गोष्ठीमा डा रमेश शुभेच्छु, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए ।
वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा शुभेच्छुले कविताले राजनीनिक र सामाजिक क्षेत्रका विकृतिमाथि प्रहार गर्दै सुसङ्गत समय र समाजको परिकल्पना गरेको बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै प्रज्ञासभा सदस्यमा नियुक्त नागार्जुनका संस्थापक सदस्य चेतनाथ धमलालाई संस्थाका अध्यक्ष दिल पौडेलले बधाई दिएका थिए । नागार्जुनले लोकतान्त्रिक आन्दोलनका समयमा सडक कविता कार्यक्रमका रुपमा हरेक महिना शुभप्रभात काव्यगोष्ठीको थालनी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया