अस्ट्रेलियाविरुद्धको अन्तिम टेष्ट क्रिकेटमा भारतको उत्कृष्ट शुरुवात, पुजाराले खेले शतकिय पारी

एजेन्सी । अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेष्ट क्रिकेटमा भारतले उत्कृष्ट शुरुवात गरेको छ । 

घरेलु टोली अस्ट्रेलियासँगको खेलमा भारतले उत्कृष्ट प्रर्दशन गरेको हो । सिड्नीमा बिहीवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३ रन बनाएको छ ।

भारतका लागि चेतेश्वर पुजाराले शतकीय पारी खेले । उनले अविजित १ सय ३० रन बनाएर खेल खेलिरहेका छन् । पुजाराले खेलको यो तेस्रो टेष्ट क्रिकेट हो । उनलाई हनुमा बिहारले क्रिजमा साथ दिइरहेका छन् । बिहारीले ३० रन बनाएका छन् । 

त्यस्तै मयंक अग्रवालले ७७ रनको योगदान दिए । कप्तान बिराट कोहली २३  रनमा तथा अजिन्का रहानेले १८ रन बनाउँदै पेभेलियनमा फर्किए । यता अस्ट्रेलियाका लागि जोश हजालवुडले २ विकेट हात पारे । अस्ट्रेलियाविरुद्धको ४ खेलको श्रृङखलामा भारत २-१ अगाडि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?