….जब चन्द्रमामा चिनियाँ यान अवतरण भयो

एजेन्सी । चीनको  रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको छ।

चीनको  स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त मानवरहित चाँगइ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवएटकेन बेसिनमा अवतरण गरेको हो । 

 चीनको सञ्चार माध्यम अनुसार यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको जनाएको छ  । साथै उक्त अवतरणलाई अन्तरिक्ष यात्राको

 

 

एक महत्वपुर्ण कोशेढुङगो बताएको छ ।

विगतमा गरिएको यात्रा भन्दा बिपरित अर्थात यसपटक पहिले अध्यन नगरिएको क्षेत्रमा उक्त यान पुगेको छ । यो भन्दा अगाडि पृथ्वीतर्फको क्षेत्रमा अध्ययन गरिएको थियो । 

गत सप्ताहन्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए।

तर चन्द्रमाको उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो।

सन् २०१३ मा चाँगइ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको हो । अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धूलोका नमूनाहरू पृथ्वीमा ल्याउनेछ।

अवतरण हुनु अघि भौतिकशास्त्री एण्ड्र्यु कोट्सले ‘यो साहसी अभियान एपोलोले गरेको ऐतिहासिक अवतरणको करिब ५० वर्षपछि गरिएको छ। सन् २०१९ को अन्ततिर यसले त्यहाँबाट नमूनाहरू ल्याउनेछ’ भन्दैँ एजेन्सीलाई जानकारी दिए । टाइडल लकिङ् भनिने प्रक्रियाका कारण पृथ्वीबाट हामीले चन्द्रमाको केवल एउटा पाटो मात्र देख्न सक्छौँ। किनभने चन्द्रमाले आफ्नो अक्षमा घुम्दा लाग्ने समय र उसले पृथ्वीको एक परिक्रमा गर्न लाग्ने समय अवधि एकै हुने बताएका छ । 

त्यसैले चन्द्रमाको उक्त परको क्षेत्रलाई अँध्यारो पाटो भनिन्छ। यहाँ अँध्यारो भन्नाले प्रकाश नभएको नभइ नदेखिने पाटोको रूपमा बुझ्नु पर्छ। वास्तवमा चन्द्रमाका दुवै पाटाहरूमा दिन र रात हुने गर्छन्।

चाँगइ अभियानले त्यहाँको भन कार्मान क्रेटरको अध्ययन गर्ने लक्ष्य राखेता पनि उक्त क्रेटर वा खाल्डो चन्द्रमाको सुरुवाती इतिहासमा भएको कुनै विशाल घटनाका कारण बनेको ठानिन्छ ।

प्राध्यापक कोट्सका आनसार संरचनाको व्यास २५ सय किलोमिटर तथा गहिराइ १३ किलोमिटर रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?