काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले डर्टमण्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १३ औं मिनेटमा ग्रिगोर कोबेलको आत्मघाती गोलबाट बायर्नले अग्रता बनाएको थियो । खेलको १८ औं मिनेटमा थोमस मुलरले गोल गर्दा बायर्नलाई २-० को गोल अन्तरमा पुर्याए ।
२३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा किङ्सले कोम्यानले गोल गरेपछि बायर्न ४-० ले अघि रह्यो । खेलको ७२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई ४-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा डर्टमण्डका डोनएल मालेनले गोल गरेपनि बायर्न ४-२ ले विजयी भयो ।
जितसँगै बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले २६ खेलमा ५५ अंक जोडेको छ । डर्टमण्ड ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया