परियोजना बैंकबारे छलफल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हचुवामा हुने बजेट विनियोजन र खल्तीबाट योजना ल्याउने अवस्थाको अन्त्य हुने बताएका छन् ।  

प्रदेश नीति तथा योजना आयोगको आयोजनामा बिहीवार बसेको बैठकमा परियोजना बैंक स्थापना र सञ्चालनका विषयमा भएको मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा नपरेका योजनालाई बजेट नछुट्याइने बताए । 

विशेषता र सम्भावनाको खोजी गरेर मात्र अब योजना सञ्चालन हुने उनले बताए । परियोजना बैंक बनेपछि वास्तविक र समुदायको मागअनुसार योजना छनोट हुने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

परियोजना बैंकको निर्माणपछि प्राथमिकताका आधारमा योजना कार्यान्वयनका चरणमा लैजान सजिलो हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?