निसीकोरी र चार्डी ब्रिसबर्न टेनिसको अन्तिम चारमा प्रवेश

एजेन्सी । जापानका केइ निसीकोरी र फ्रान्सेली जेरोमी चार्डी जारी ‘एटीपी’ ब्रिसबर्न अन्तर्राष्ट्रिय टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीवार राति सम्पन्न भएको पुरुष एकलतर्फको क्वाटरफाइनल खेलमा जापानका निसीकोरीले बुल्गेरिया ग्रिगोर डिमिटरोभलाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे । निसीकोरीले डिमिटरोभलाई ७-५ र ७-५ को सेटमा पराजित गरे । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा फ्रान्सेली जेरोमी चार्डीले जापानका यासुताका उचीयामालाई २-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भए।

खेलको पहिलो सेट र अन्तिम सेटमा जीत हात पारेका चार्डी दोस्रो सेटमा भने  उचीयामासँग पराजित भएका थिए । उनले खेलको पहिलो सेट ६-४ ले तथा अन्तिम सेट ७-६ ले आफ्नो पक्षमा पारे । दोस्रो सेटमा भने उनले ४-६ ले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?