एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण सम्पन्न, शुभेच्छा बनिन् उत्कृष्ट पारा खेलाडी

लोकपथ
266
Shares

काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण सम्पन्न भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को वार्षिक कार्यक्रमअन्तर्गतको अवार्ड समारोह काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न भएको हो ।

अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट एक खेलाडीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यो पटक फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबलटेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, स्वीमिङ, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, र्याफ्टिङ, भलिबल, तेक्वान्दो र लनटेनिसका खेलाडी सम्मानित भएका छन् ।

ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी एन्जीला सुब्बा, गल्फका सदभाव आचार्य, सुटिङकी सुस्मिता नेपाल र भलिबलकी सलिना श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै शुभेच्छा खतिवडालाई १५ हजार रुपैयाँको वर्षको उत्कृष्ट पारा खेलाडीबाट सम्मान गरिएको छ ।

हेर्नुहोस् सूची : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?