काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले जित हात पारेको छ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउ १२ रनले पराजित भएको हो ।
चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनायो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।
दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नई २ अंकका साथ छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया