एलन मस्कले किन राखे ट्विटरको लोगोमा कुकुर ?

लोकपथ
105
Shares

काठमाडौं । ट्विटरका मालिक एलन मस्क यस माइक्रो-ब्लगिङ प्लेटफर्ममा विभिन्न परिवर्तन गर्न व्यस्त छन्। मस्कले ट्विटरको चर्चित ‘बर्ड लोगो’ अर्थात् चराको ट्रेडमार्क चिन्ह परिवर्तन गरेका छन्। अब ट्विटरका डेस्कटप प्रयोगकर्ताहरूले अब नीलो चराको सट्टा कुकुरको तस्बिर देख्नेछन्।

एलन मस्कले आफैंले आफ्नो ट्विटरमा यसबारे एउटा कार्टुन ट्विट गरेका छन्, जसमा कुकुरले ट्राफिक प्रहरीलाई आफ्नो परिचयपत्र देखाउँदैछ र त्यसमा रहेको ट्विटर बर्डलाई पुरानो भनिएको छ ।

हेर्नुहोस् मस्कको ट्वीट : 

ट्विटरको लोगोमा प्रयोग गरिएको कुकुरको फोटोको राज के हो ?

ट्विटरको लोगोमा प्रयोग गरिएको कुकुरको वास्तविक नाम काबोसु हो। यो कुकुर एक लोकप्रिय मेमको हिस्सा भएको छ। यो कुकुर कत्तिको लोकप्रिय छ भन्ने कुराको अनुमान यससँग जोडिएका ‘डोज मेम्स’ बाट थाहा हुन्छ । यस कुकुरको नाममा क्रिप्टोकरेन्सी डोगेकोइन पनि केही समय अगाडि ल्याइएको थियो ।

एलन मस्कले हालै अदालतमा आफूविरुद्ध दायर गरेको २५८ बिलियन डलरको मुद्दा खारेज गर्न माग गरेका छन् । यो आरोप छ कि एलन मस्कले जानाजानी क्रिप्टोकरेन्सी डोगेकोइनको मूल्य बढाउन धेरै प्रचारात्मक रणनीतिहरू अपनाए। यसपछि मात्र मस्कले आफ्नो स्वामित्वको प्लेटफर्मको लोगोलाई डजको तस्बिरले प्रतिस्थापन गरेका हुन् । यद्यपि, ट्विटरका मोबाइल प्रयोगकर्ताहरूले भने यो परिवर्तन देख्ने छैनन्।

मस्कको यो कदमपछि डोगेकोइनको मूल्य करिब ३० प्रतिशतले उकालो लागेको छ । एलोन मस्कले पनि यसबारे ट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?