सचिन तेन्दुलकरको क्रिकेट यात्रा, कसरी बने सबैका भगवान् ?

काठमाडौं ।  सचिन तेन्दुलकर, अन्तर्राष्ट्रिय स्तरमा कीर्तिमानी रन बनाउने एक सफल खेलाडी हुन् ।

भारतिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका उनको कीर्तिमान अहिले पनि चर्चामा छ । ११ वर्षको सानो उमेरदेखि क्रिकेट खेल्न थालेका तेन्दुलकर सन्यासपछि पनि क्रिकेटमा नै सक्रिय छन् । सन् २०१३ जब उनले टेष्ट क्रिकेटबाट सन्यास लिए । त्यतिबेला भारतिय मिडियालाई समाचार लेख्न भ्याइनभ्याइ थियो ।

खेल जिवनको अन्तिम खेलप्रश्चात उनले भनेका थिए, ‘म सधै मेरो प्रशिक्षक, गुरु रमाकान्त अचरेकरलाई सम्झन चाहन्छु, म ११ वर्षको हुँदा मैले खेल जिवन शुरु गरे, त्यतिबेला मलाई अचकेर गुरुले नै आफ्नो स्कुटरको पछाडि राखेर दिनको दुई पटक खेल खेल्न लान्थ्यो ।’

‘गुरुले मलाई हरेक दिन स्कुटरमा लिएर खेल खेल्न लान्थे, ताकी मैले कुनै खेल पनि नछुटाउन्, मलाई अहिले पनि याद छ, गुरुले मलाई कहिल्यै राम्रो खेल्यौं भनेनन्, गुरु चाहनु हुन्थ्यो मैले अझै वेस्ट खेल्न सकु’, उनले बताए । 

दुई सय टेष्ट क्रिकेट तथा ४ सय ६३ एकदिवसिय क्रिकेट खेल्दै ५३ हजार रन तथा सयौं शतक बनाउन सचिनको भनेका कुरामा कसैले पनि प्रशिक्षक अचरेकर को हो भनेर अन्दाज समेत गरेका थिएनन् । 

मुम्बईको वानखेडे स्टेडियममा सचिनले अन्तिम पटक टेष्ट क्रिकेट खेल्दै गर्दा अचरेकर निक्कै भावुक भएका थिए । त्यतिबेला अचरेकर निक्कै विरामी परेका कारण राम्रोसँग टिभीसमेत हेर्न सक्ने अवस्थामा थिएनन् । शारीरिक अवस्था नाजुक रहेको बेला पनि अचरेकरले सचिनको अन्तिम खेल हेर्न इच्छा राखेका कारण छोरी कल्पना मुरकरले उनलाई स्टेडियममा लगेका थिए ।

 अचरेकरले सचिनले खेलेको खेल हेर्न पहिलो पटक स्टेडियममा गएका थिए । सन्यास लिनुभन्दा पहिले सचिनले उनलाई फोन गरेर अब खेल खेल्न नसक्ने बताएका थिए । तर, अचरेकरको इच्छा थियो, अझै सचिनले केही वर्ष खेल खेल्दा हुन्थ्यो । 

सचिनले अचरेकरलाई भगवानको स्थान समेत दिएका छन् । अचरेकरले हात समाएर ब्याड पर्किन सिकाएका सचिनले अहिले आकाशको तारा जस्तै सबैतिर छाइसकेको छ । सचिनले लेखेको आत्मकथा ‘प्लेइङ इट माय वे’ समेत अचरेकरसँगको भेट र क्रिकेटमा उनले दिएको ज्ञान र प्रेरणाको बारेमा लेखिएको छ ।

उक्त आत्मकथामा तेन्दुरकरले भाई अजीतका साथ अचरेकरसँगै शिवाजी पार्कमा गएका थिए । त्यति अन्डर-१५ खेलाडीहरुको क्याम्प चलिरहेको थियो । त्यतिबेला उनले सचिनलाई अन्तिम बेलामा मात्र क्याम्पका लागि छनोट गरेको थियो । 

सचिनले भने, ‘मैले यसभन्दा पहिले कहिल्यै नेटमा क्रिकेट खेलेको थिएन, मेरो वरिपरि धेरै मानिसहरुको भिड थियो, जव क्रिकेट खेल्ने मेरो पालो त्यतिबेला म निक्कै नर्भस भएको थिए, अचरेकर गुरुले ध्यानपूर्वक मैले खेलेको खेल हेरिरहेका थिए, त्यतिबेला मैलै खासै राम्रो खेल्न सकिन् ।’

अन्डर-१५ को क्याम्पबाट शुरु गरेको खेल जिवन पाँच वर्ष नबिल्दै अर्कै मोड लियो । सचिन पाँच वर्षको अन्तरालमा पहिलो पटक भारतिय राष्ट्रिय टिमका छनोट भए । अभ्यासका क्रममा अचरेकर गुरुले सचिनलाई आउट गर्ने खेलाडीलाई पुरस्कार समेत राखेका थिए । 

अचरेकरले प्रशिक्षण दिएका खेलाडीहरुमा विनोद कांबली, प्रवीण आमरे र अजीत अगरकर पनि थिए । तर, सचिन हरेक खेलमा उत्कृष्ट हुँदै ती खेलाडीहरुलाई पछि पारे । 

अनुशासानलाई पालना गर्थे 

सचिनले अहिलेसम्म हात पारेको सफलताको सबै श्रेय उनमा भएको अनशासनमा जान्छ । सचिनले पुरै खेल जिवन अनुशासनमा रहेको बिताए । 

अहिले पनि उनलाई अनुशासीत खेलाडी भनेर चिनिन्छ । २४ वर्षसम्म सचिनलाई लगातार प्रशिक्षण दिन अचरेकरले साथ दिए । अचरेकरले कुनै दिन पनि सचिनलाई प्रशिक्षण गराउन झन्झट मानिन् । 

शुरुवाती समयमा भने उनले सचिनलाई एक झापड लगाएको थियो । त्यतिबेला उनले भनेका थिए, ‘सबैले तिमीलाई देखेर ताली बजाउन्, तारिफ गरुन् ।’

त्यसप्रश्चात सचिनले गुरुको कहिल्यै गाली खाएनन् । सधै अनुशासीत भएर खेल्ने सचिन विस्तारै भारतिय क्रिकेट टिमको ‘टप प्लेयर’ समेत बन्न सफल भए । सचिनकै बाटोमा अचरेकरको दुई शिष्य खेलाडी विनोद कांबली र प्रवीण आमरे पनि पछि लागे । तर, विनोद केही समय क्रिकेटमा चम्केपनि उनले लामो समयसम्म क्रिकेटलाई साथ लान सकेनन् । यता प्रवीणले पनि दक्षिण अफ्रिकाविरुद्धको खेलमा शतकीय पारी खेले । तर, उनले त्यसभन्दा माथि खेल जिवनलाई लान सकेनन् । 

 

सचिनसहितको केही खेलाडीलाई क्रिकेटमा स्थापित गरिएको भन्दै सन् १९९० मा प्रशिक्षक अचरेकरलाई द्रोणाचार्य पुरस्कारबाट सम्मानित समेत गरेको थियो । साथै, उनी सन् २०१० पद्मश्री पुरस्कारबाट पनि सम्मानित भए । 

त्यो क्षण बिर्सन सक्दिन् 

सचिनले दुई सयौं टेष्ट क्रिकेट खेलेप्रश्चात सक्रिय क्रिकेट खेलबाट सन्यास लिएका थिए ।

वेस्ट इन्डिजविरुद्धको खेलपछि उनले २४ वर्षको खेल जिवनमा पूर्णविरामा लगाएका थिए । त्यतिबेला उनका समर्थकहरुले भनेका थिए, ‘भगवानले कहिल्यै सन्यास लिदैन, उ सधै हाम्रो मनमा खेलरहन्छ ।’ 

सचिनले लामो खेल जिवनमा पाएको सफलता र उनको खेल्ने खेल शैलीका कारण उनलाई भगवानको दर्जा दिइएको हो । 

सचिनको खेल यात्रा 

सचिनले सन् १९८९ मा पाकिस्तानविरुद्ध राष्ट्रिय टिममा खेल खेलेका थिए । १६ वर्षको उमेर पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका उनले जम्मा १५ रन बनाएका थिए । तर, सिरिजको दोस्रो खेलमा उनले अर्धशतकीय पारी खेल्दै सबैलाई चकित पारेका थिए । 

त्यस्तै १७ वर्षमा नै उनले इंग्ल्याण्डविरुद्ध शतकीय इनिङ्स खेले । त्यतिबेला उनले १ सय १२ रन बनाउँदै सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने खेलाडी समेत बनेका थिए । सन् १९९२ मा अस्ट्रेलियाविरुद्ध एकै सिरिजमा उनले दुई शतक ‘२ सय रन’ प्रहार गरे ।

सचिनले अस्ट्रेलियाविरुद्ध शतक हान्ने पहिलो खेलाडीको समेत रकेर्ड बनाए । त्यस्तै सन् १९९४ मा भने उनी भारतिय टिमको ओपनर ब्याट्सम्यानको रुपमा स्थापित भएका थिए । उनले ६ विश्वकप क्रिकेट प्रतियोगिता समेत खेले । 

उनी विश्वकपमा ‘५६ दशमलब ९५ को औषत २ हजार २७८’ रन बनाउने खेलाडी हुन । सन् २०११ मा उनको महत्वपूर्ण योगदानमा भारतले विश्वकप क्रिकेटको उपाधि जितेको थियो । उनी विश्व क्रिकेटको इतिहासमा सर्बाधिक शतक प्रहार गर्ने खेलाडी समेत हुन् ।

उनले एकदिवसिय क्रिकेटमा ४९ तथा टेष्ट क्रिकेटमा ५१ शतक प्रहार गरेका थिए । उनले सन् २०१३ देखि नोभेम्बर १४ सम्म टेष्ट क्रिकेटमा १५ हजार ८४७ रन तथा एकदिवसियमा १८ हजार ४२६ रन बनाएका थिए । 

उनले २ सय टेस्ट क्रिकेट र ४६३ एकदिवसिय क्रिकेट खेलेका छन् । उनले आफ्नो खेल जीवनमा ६२ पटक म्यान अफ दी म्याच, १७ पटक म्यान अफ दी सिरिज बन्ने कीर्तिमान पनि बनाएका छन् । अस्ट्रेलियाविरुद्ध ३ हजार रन बनाएका थिए ।

सचिन भारतको प्रख्यात उपाधि पद्मश्री र पद्मभुषणबाट सम्मानित पनि भइसकेका छन् । मेडम टसौड वेकस म्युजियम स्टेडियममा शालिक बन्ने पहिलो भारतिय खेलाडी पनि हुन् । 

खेलाडीदेखि सांसदसम्मको यात्रा

विश्व चर्चित क्रिकेटर सचिन सांसद समेत बने । उनी भारतको राज्यसभामा ६ वर्षका लागि सभासद बनेका थिए ।

भारतको राज्यसभामा समाजसेवीले मात्र मनोनित हुन पाउने भए पनि सरकारले क्रिकेट खेलाडी सचिनलाई उक्त सम्मान दिएका थियो । उनको मनोनयनलाई लिएर पूर्व क्रिकेटरहरुसमेत खुसी देखिएका थिएनन् ।

सचिन राज्यसभामा सांसद मनोनित हुने पहिलो खेलाडी हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?