चिनीको भाउ ९० रुपैयाँभन्दा माथिसम्म पुग्ने

काठमाडौं। चिनी उत्पादक संघले सरकारले तोकेको उखुको मूल्यप्रति  आपत्ति जनाएको छ। तोकिएको मूल्यमा उखु किनेर चिनी उत्पादन गर्दा चिनीको भाउ बढ्ने संघका पदाधिकारीले बताए ।

चिनीको फ्याक्ट्री मूल्य नै ८० रुपैयाँ पुग्ने भएकाले उपभोक्तासम्म आइपुग्दा चिनीको मूल्य ९० रुपैयाँ भन्दा माथिसम्म पुग्ने भएको छ ।

मूल्य निर्धारण गर्दा सरकारले उद्योगीहरुलाई बेवास्ता गरेको भन्दै संघले असन्तुष्टि व्यक्त गरेको हो ।

सरकारले एक क्विन्टल उखुको मूल्य ४ सय ७१ रुपैयाँ ३८ पैसा तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?