रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौं । नेपाल प्रहरीले रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । 

तपस्वीको रुपमा चर्चामा आएका बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले छापा मारेको हो । 

शुक्रवार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको प्रहरीका एक अधिकारीले जानकारी दिए । उनले भने, ‘बम्जनको आश्रममा छापा मारेका छौँ, अहिले यत्ति मात्र भन्छौं ।’

बाराको हलखोरिया जंगलबाट तपस्या शुरु गरेका बम्जनको आश्रममा खानतलासी गनए जिल्ला अदालतले बिहीवार प्रहरीलाई अनुमति दिएको थियो । 

बम्जनमाथि तीन आनी बेपत्ता र एक अनुयायीको हत्या गरेको आरोप लागेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?