काठमाडौं । यहि पुषको अन्तिम सातामा दोस्रो न्यू डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको महिला भलिबल प्रतियोगिता हुन लागेको हो । यही पुष २५ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बल ‘एपिएफ’, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब क्लबसहित न्यू डायमण्ड एकेडेमी, टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन ताइग्रेसले सहभागिता जनाउनेछन् ।
लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियागितामा सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र चितवन, ‘बी’ मा टप्स र पारामाउन्ट, ‘सी’ मा आर्मी र पुलिस तथा ‘डी’ मा एपिएफ र जावलाखेल परेका छन् ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख, उपविजेताले दुुई लाख, तेस्रो हुनेले एक लाख एक हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट एक खेलाडीले १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही पाँच हजार प्राप्त गर्नेछन् ।
पुस २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल न्यू डायमण्ड एकेडेमीको भलिबल कोर्टमा आयोजना हुनेछ । प्रतियोगिता सञ्चालन गर्न नेपाल भलिबल सङ्घले १५ हजार सहयोग गर्ने सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया