बाइडेनमाथि खनिए ट्रम्प, भने-‘अमेरिकालाई नर्कमा जानबाट बचाउनु पर्छ’

लोकपथ
42
Shares
FILE – Former President Donald Trump speaks at a rally at the Delaware County Fairgrounds, April 23, 2022, in Delaware, Ohio. The New York attorney general’s office said Monday, May 23, 2022, it subpoenaed Donald Trump’s longtime executive assistant, Rhona Graff, and plans to question her under oath next week as part of its civil investigation into the former president’s business dealings. (AP Photo/Joe Maiorana, File)

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहट्टन अदालतमा हाजिर भएपछि आफ्नो सम्बोधनमा वर्तमान राष्ट्रपति जो बाइडेनमाथि कडा प्रहार गरेका छन् ।

ट्रम्पले भने, ‘हामीले अमेरिकालाई बचाउनु पर्छ। अमेरिकामा यस्तो दिन आउन सक्छ भन्ने मैले सोचेको पनि थिएन। हाम्रो देश नरकमा जाँदैछ। मैले गरेको एउटै अपराध भनेको आफ्नो देशको निडरताका साथ रक्षा गर्नु हो।’ हामीले निडर भएर आफ्नो देश बचाउनु पर्छ।

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प पोर्नस्टार स्टोर्मी डेनियलसँगको आपराधिक मुद्दामा मंगलबार म्यानहट्टन अदालतमा हाजिर भएका थिए । यसै क्रममा उनलाई पक्राउ गरिएको थियो ।

अदालतमा उपस्थित हुँदा ट्रम्पले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष भएको बताएका थिए । बहस सुनेपछि अदालतले ट्रम्पलाई करिब १.२२ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको थियो । जरिवाना रकम स्टोर्मी डेनियललाई दिइनेछ।

सुनुवाइपछि ट्रम्प अदालतबाट बाहिरिएका थिए । यस विषयमा अर्को सुनुवाइ ४ डिसेम्बरमा हुनेछ । योसँगै ट्रम्प फौजदारी मुद्दामा पक्राउ पर्ने पहिलो अमेरिकी पूर्व राष्ट्रपति बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?