‘सिम्बा’ को सफलताले रणवीर मख्ख

मुम्बई । अभिनेता रणवीर सिंहले आफ्ना हरेक फिल्ममा केही नयाँ गर्ने प्रयास गरिरहेका हुन्छन् । पछिल्ला समय हिट फिल्म दिने अभिनेता पनि उनी अग्रपङ्तिमा आउँछन् ।

यतिबेला उनी अभिनित फिल्म ‘सिम्बा’ हलमा चलिरहेको छ । दर्शकले उनलाई साथ दिइरहेका छन् ।

रणवीरले एक अन्तर्वार्तामा आफूले हरेक फिल्मलाई दर्शकलाई मनोरञ्जन दिन चाहेको बताएका छन् । साथै उनले एक अभिनेताका रुपमा सधै अझै राम्रो गर्ने प्रयास गरेको पनि बताएका छन् ।

पछिल्लो समय उनी अभिनित फिल्म ‘पद्मावत’ ले बक्स अफिसमा कमालको व्यापार गरेको थियो । फिल्ममा उनी उलाउद्दी खिलजीको भूमिकामा थिए । अहिले उनी फिल्म ‘सिम्बा’ को सफलताको आनन्द लिइरहेका छन् ।

उक्त फिल्मको बारेमा कुरा गर्दै रणवीरले भने, ‘मैले यस्तो खाले मसला फिल्ममा दिन पाएको थिएन, यस्तो फिल्ममा अभिनय गर्ने मन चाहिँ थियो, फिल्मले पाएको सफलता र दर्शकको साथप्रति म आभारी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?