काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । लिगको छैटौं चरण अन्तर्गत आज बिहीबार दुई खेल हुन लागेको हो ।
मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब एन्फा कम्प्लेक्समा भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । मछिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
यता, हिमालयन पनि दोस्रो जितको खोजीमा रहेको छ । हिमालयन ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल मैदानमा हुने आर्मी र थ्री स्टारबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।
आर्मी तेस्रो जितको योजनामा हुनेछ । आर्मी ५ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । थ्री स्टार पनि तेस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया