काठमाडौं । ‘पूर्वपश्चिमकी’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गीतमा गायक खुमन अधिकारी, सुमन परियार, गायिका शान्ता रानी परियार र टिका सानुको आवाज रहेको छ । गीतमा विवाह योग्य भएका छोराछोरीलाई आमाले कस्तो बुहारी र ज्वाइ हुनुपर्छ भन्ने कुरालाई समेटिएको छ ।
शिव दर्शन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको यस गीतमा हुम गैरेको शव्द रहेको छ भने गायक अधिकारीको संगीत रहेको छ । सार्वजनिक यस गीतमा नबिन घर्ती मगरको सम्पादन रहेको छ ।
गायिका एवं शिव दर्शन फिल्म्स् प्रालिकी निर्देशक गायत्री थापाको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा खुमन अधिकारी, गायत्री थापा, सुमन परियार र टिका सानुको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया