काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो ।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २५ हजार ५८७ पुगेको छ । उक्त समयमा १३ जनाको मृत्यु भएको थियो । हालसम्म देशमा कोरोनाका कारण ५ लाख ३० हजार ९२९ जनाको ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया