काठमाडौं । भारतको नोएडाको फोर्टिस अस्पतालका चिकित्सकमाथि उपचारमा लापरवाही गरेको आरोप लागेको छ । हिपको हड्डी भाँचिएर अस्पताल भर्ना भएका बिरामीको चिकित्सकले मुटुको शल्यक्रिया गरेको आफन्तले आरोप लगाएका छन् ।
उपचारकै क्रममा बिरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित बनेका छन् । आफन्तहरुले शव लिन नमान्दै सेक्टर ५८ प्रहरी चौकीमा अस्पतालविद्ध उजुरी दिएका छन् । यद्यपी, बिरामीलाई पहिलेदेखि मुटुको समस्या रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
भएको के हो त ?
जयपुरका ६६ वर्षीय दिनेशकुमार सक्सेनाको लडेर हिपको हड्डी भाँचिएको थियो । राजस्थानमा डाक्टरको हडतालका कारण त्यहाँ उपचार नभएपछि उनीसँगै नोएडा पुगेका थिए ।
उनलाई गत शनिबार अस्पताल भर्ना गरिएको थियो । मंगलबार उनको एन्जियोग्राफी गरिएको थियो । मृतकका छोरा शुभम सक्सेनाले आफ्ना बाबुको यसअघि पनि दुईपटक एन्जियोप्लास्टी गरिएको बताए । बुधबार बिहानसम्म उनको अवस्था ठीक थियो । बुधबार बिहान उनको एन्जियोग्राफी गरिएको थियो । तर बुधबार एन्जियोग्राफी गर्ने बारेमा डाक्टरले कुनै जानकारी नदिएको शुभमको आरोप छ । एन्जियोग्राफीपछि बुधबार साढे ४ बजे आइसियुमा पुग्दा उनका बुवा अचेत अवस्थामा थिए । तर चिकित्सकले साँझ ५ बजे उनको मृत्यु भएको जानकारी दिए ।
त्यसपछि शुभमले प्रहरीलाई फोन गरेर घटनाबारे खबर गरेका थिए । अस्पताल प्रशासनले भने बिरामी पहिलेदेखि नै मुटु र श्वासप्रश्वासको समस्याबाट ग्रसित रहेको बताएको छ । उनको सुगर लेभल बढेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया