तस्वीरमा हेर्नुहोस् जनावर-जनावरबीचको प्रेम

भनिन्छ, आमाको माया भन्दा प्रिय र पवित्र यो संसारमै केही छैन ।

हुन पनि एउटा बच्चा जन्मेदेखि ठूलो हुन्जेल ऊ कसैको सबैभन्दा नजिक हुन्छ त आमाको ।

स्तनपान गराउने, बोक्ने, काखमा राख्ने, खुवाउने, सुताउने जस्ता सबै काम आमाले नै गरिरहेकी हुन्छिन् ।

आफ्ना छोराछोरीलाई समस्या पर्नुअघि नै त्यसलाई आफूमाथि लिने भएकाले पनि होला निस्वार्थ मायालाई ‘आमा’को परिभाषा मानिन्छ ।

यही निस्वार्थ माया हामी मानवमा मात्र नभएर जनावरको आमामा पनि देख्न सक्छौं ।

यस्ता केही तस्वीरहरु छन् जसले जनावरको आमा र बच्चाबीचको सम्बन्ध झल्काउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?