काठमाडौं । युरोपियन युनियनका सदस्य मुलुकमा गैरकानूनी आप्रवासीको संख्यामा कमी आएको एक प्रतिवेदन सार्वजनिक भएको छ ।
सन् २०१५ को तुलनामा सन् २०१८ मा गैरकानूनी आप्रवासीको आगमनमा ९२ प्रतिशतले कमी आएको हो । गैरकानूनी आप्रवासी युरोप प्रवेश गरेकोमा सन् २०१८ मा १ लाख ५० हजार पुगेको अध्ययनले देखाएको छ ।
यो सन् २०१३ यता कै न्युन संख्या हो ।
भु–मध्य सागर पार गर्दै ईटालीको तटिय क्षेत्रबाट प्रवेश गर्ने आप्रवासीलाई प्रवेशमा कडाई गरेदेखि नै आप्रवासीको सख्ंयामा कमी आएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी, स्पेन पुग्ने आप्रवासीको संख्या भने दोब्बर भएको छ ।
अफ्रिकाबाट भु–मध्य सागर हुँदै ईटाली प्रवेश गर्नेको संख्यामा गत वर्षको तुलनामा ८० प्रतिशतले कमी आएको छ ।
भु–मध्य सागरमा फसेका डुंगाहरुलाई ईटालीले आश्रय नदिएपछि आप्रवासीले युरोप प्रवेशको प्रयास छाडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया