चिकित्सकीय सेवामा फर्कने पूर्वराष्ट्रपति यादवको संकेत

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले फेरि चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् । 

शनिवार बीपी स्मृति सामुदायिक अस्पतालको ११ औँ वार्षिक साधारणसभामा सहभागी भएका यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् ।  

उनले सरकारी अस्पतालमा दैनिक १ घण्टा सेवा गर्ने सोच बनाएको बताए ।

राष्ट्रपति हुँदा आफूले सरकारी अस्पतालमा नै उपचार गरेको स्मरण गर्दै अब फेरि चिकित्सकीय सेवामा फर्कने सोच बनाएको उनले बताए । 

राजनीतिमा आउनु अघि यादव बीपी कोइरालाको निजी चिकित्सक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?