काठमाडौं । नेपाल वादोरियो कराँते डो संघले आईएसकेयु अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरु सम्मानित भएका छन् ।
भारतको अहमदाबादमा गत डिसेम्बर ३० र ३१ तारिखमा भएको प्रतियोगितामा नेपाल १० स्वर्ण, ५ रजत र ४ कास्य पदकसाथ उपविजेता भएको थियो । उक्त प्रतियोगितामा विकबहादुर थामी तथा गरीमा गिरीले दुई-दुई स्वर्ण पदक जितेका थिए ।
सिम्मा राईले स्वर्ण र कास्य, विशाल खड्गीले स्वर्ण, विनय लिम्बूले स्वर्ण र रजत, सन्जोक लिम्बूले स्वर्ण, सागर राउतले स्वर्ण तथा सुनैना शाक्यले स्वर्ण पदक जिते । निरोज गौतमले रजत, राजु बुढाथोकीले रजत, लोकमान श्रेष्ठले रजत तथा रोजिना लिम्बूले रजत र कास्य हात पारे ।
जिलेदार थारु र अजय तामाङले कास्य पदक प्राप्त गरे । सोही अवसरमा टोलीका प्रमुख प्रशिक्षक हरिशरण केसी, टिम व्यवस्थापक नेत्रबहादुर भुजेल तथा निर्णायक कुन्ती गुरुङ र पुरुषोत्तम पोखरेल पनि सम्मानित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया