वैदेशिक रोजगारी भन्दा ठेलामा व्यापार गर्दा लाखौँ कमाइ

गहुँगोरो अनुहार, खाइलाग्दो चेहेरा अनी २८ वर्षको हाराहारीमा घुमिरहेको उमेर । ललितपुरको इमाडोलमा यही अनुहार ठेलामा तरकारी राखेर बेचिरहेको भेटिन्छ । ठेलामा व्यापार गर्नेहरु प्राय गरेर मधेशी मुलका हुन्छन् कि त अधवैशे महिलाहरु मात्र भेटिन्छन् । तर यहाँ यी पहाडी मुलका युवकको ठेला मोह हेर्दा लाग्छ यिनको वर्तमान र भविष्य नै यही हो । 

श्याम पाण्डे उमेरले भर्खर २८ वर्षका भए । जे गर्छु नेपालमै गर्छु भनी लेखिएको टिसर्ट लगाएर ठेलामा तरकारी राखेका पाण्डेलाई ग्राहकको भिड अनुसार तरकारी बेच्न भ्याईनभ्याई छ । झण्डै ४ वर्ष धन आर्जन र जीविकोपार्जनको निम्ति विदेशमा श्रम गरि फर्केका पाण्डेको लागि विदेशको लाखौ कमाईभन्दा नेपालमा परिवारसँग बसेर कमाएको  अहिलेको आम्दानीले सन्तुष्टि दिलाएको छ । 

श्याम ठेलामा तरकारी बेच्दै हिड्छन् भने उनकी श्रीमतीले मासु पसल राखेकी छन् । यि दुईको कमाईले घरखर्चमात्र चलेको होइन बचतपनि हुने  गरेको छ । विदेशमा मात्र कामको सम्भावना र नेपालमा काम गर्ने वातावरण छैन । अनी नेपालमा काम गर्दा कामलाई सानो र ठूलो भन्नेहरुले श्यामबाट केही सिक्ने की ? 

पौरखले कमाएको उनको खुसी ह्यासट्याग स्माइलको आजको अंकमा पस्किएका छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?