काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलन बोलाएका छन् ।
मंगलबार (आज) दिउँसो साढे १ बजेका लागि पत्रकार सम्मेलन आह्वान गरिएको हो ।
वर्तमान आर्थिक स्थितीको बारेमा जानकारी दिन पत्रकार सम्मेलन बोलाइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले लोकपथलाई जानकारी दिए । अर्थतन्त्रका विषयमा बाहिर आइरहेका टिकाटिप्पणीका विषयमा यथार्थका बारेमा जानकारी दिन पत्रकार सम्मेलन आह्वान गरिएको उनले बताए ।
‘वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलन बोलाइएको हो ।’ उनले भने, ‘अहिले अर्थतन्त्रका बारेमा बाहिर देखिएका भ्रम र टिकाटिप्पणीका बारेमा सत्यतथ्य जानकारी दिन लागिएको हो ।’
पछिल्लो समय बैंकको ब्याजदर वृद्धिको विषयलाई लिएर व्यवसायीहरु असन्तुष्ट बनिरहेका छन् । भने व्यवसायीहरुले ब्याजदर चर्को भएको भन्दै आन्दोलन समेत गरिरहेको अवस्थामा गभर्नरले पत्रकार सम्मेलन गर्न लागेका हुन् । यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग समेत गभर्नर अधिकारीले भेटघाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया