काठमाडौं । एक वर्षको अवधीमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ९आव० २०७९र८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवको फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुयैयाँ रेमिट्यान्स भित्रिएको पाइएको छ ।
त्यसैगरी गत माघ महिनासम्म १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको विदेशी विनियम सञ्चिति फागुनसम्म १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५।२ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया