स्याङ्जा पुगेर विष्णु माझीले भनिन् – आफ्नै इच्छाले गुमनाम भएँ

स्याङ्जा । केही हप्तादेखि मिडियाको चासो बनेपछि गायिका विष्णु माझी स्याङ्जाको सीडीओ कार्यालय पुगेर सार्वजनिक भएकी छिन् । उनी आफ्ना पति सुन्दरमणि अधिकारीसँगै यहाँ आइपुगेकी हुन् । नेपालकै चर्चित लोकगायिका माझी आफ्ना पतिसँग स्याङ्जा पुग्दा कालो कपडा लगाएकी थिइन् भने मास्कले अनुहार छोपेकी थिइन् ।

सञ्चार माध्यममा विष्णु माझी लामो समयदेखि परिवारको सम्पर्कमा नआएको भन्ने समाचार आउन थालेपछि स्याङ्जा प्रहरीले गायिका माझीप्रति चासो देखाएको थियो । स्याङ्जा प्रहरीले नै गायिका माझीका पति सुन्दरमणि अधिकारीलाई फोन गरेर स्याङ्जा बोलाएको थियो ।

स्याङ्जाका एसपी राजकुमार लम्सालका अनुसार विष्णुलाई नजरबन्दमा पो पारिएको हो कि भन्ने आशंकाले चासो देखाइएको बताए ।

स्रोतका अनुसार विष्णु माझीले आफ्नो इच्छाका कारण नै गुमनाम जीवन बाँचिरहेको बताइन् । उनी त्यति राम्रोसँग बोल्ने बानी नभएको र बाहिर घुलमिल हुने नसक्ने स्वभाव भएको विष्णुले बताएको प्रहरीले जनाएको छ । 

माझीका पति गायक सुन्दरमणि अधिकारीले आफूहरु एउटा उद्देश्यका कारण गुमनाम भएको बताएको प्रहरीले जनाएको छ । विष्णुले आफ्नो परिवारसँग पनि भेट गरेकी छिन् । विष्णुका बुबाले मिडियामा नै आफूले ११ वर्षदेखि छोरी बताएका थिए ।

विष्णु माझीका बुबाआमालाई गाउँबाट बोलाइएको थियो । आमाले भने छोरीसँग नियमित कुरा हुने गरेको बताएकी थिइन् ।

विष्णु माझी काठमाडौंमा सोह्रखुट्टे बस्ने गरेको पनि बताइएको छ । अहिले यी दम्पत्तिका जुम्ल्याहा सन्तान छन् । मिडियामा विभिन्न समाचार आएपनि आफूहरु खुशीले गुपचुप जिन्दगी बिताएको उनीहरुलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?