निक्षेपको ब्याजदर एकल अंकमा ल्याउने बैंकर्श संघको निर्णय

लोकपथ
42
Shares

काठमाडौं । बैंकहरुको निक्षेपको ब्याजदर घटेको छ ।

बुधबार बसेको नेपाल बैंकर्श संघको बैठकले निक्षेपको ब्याजदर एकल अंकमा ल्याउने निर्णय गरेको हो ।

बैंकर्श संघको एक सदस्यले लोकपथलाई दिएको जानकारी अनुसार आगामी वैशाख १ गतेदेखि सो नियम लागू हुनेछ ।
बैठकले निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झार्ने ती सदस्यले बताए ।

जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत रहेको र संस्थागत निक्षेपको ब्याजदर ७ दलशमलव ९९ प्रतिशत कायम हुनेछ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत कायम हुँदै आइरहेको थियो ।
त्यसैगरी बैठकले बचतमा न्यूनतम ५ दशमलव ४ प्रतिशत र अधिकतम ७ दशमलव ४ प्रतिशत कायम हुनेछ ।

त्यसो त कर्जाको ब्याजदर पनि सस्तिने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?