‘बुलबुल’ की स्वस्तिमाका दुई अवतार (भिडियो)

काठमाडौं । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलबुल’ ले प्रचारमा तीव्रता दिएको छ । केही महिनादेखि फिल्म युनिटले गीत तथा फरक तरिकाले टिजर सार्वजनिक गरेर फिल्मको प्रचारलाई अगाडि बढाइरहेको छ ।

यसैबीच निर्माण टिमले स्वस्तिमाका दुई अवतार प्रस्तुत गरी फिल्मको पात्रसँग स्वयम् स्वस्तिमाले लिएको अन्तर्वार्तालाई सार्वजनिक गरेको छ । जुन अन्तर्वार्ता चाखलाग्दो छ ।

यस वर्षको भ्यालेनटाइन डेको अवसर पारेर रिलिज हुने यो चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको छ । फिल्ममा मुकुनले गुल्मी, प्यूठान, पाल्पा तथा अर्घाखाँचीतिर बोलिने भाषिकाको प्रयोग गरेका छन् भनेस्वस्तिमा टेम्पो ड्राइभरको रुपमा देखिएकी छिन् ।

चलचित्रको निर्माण अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले गरेका हुन् । यस्तै फिल्ममा कथा, पटकथा र निर्देशन विनोद पौडेलको रहेको छ ।

चलचित्रमा स्वस्तिमा र मुकुनका अतिरिक्त जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा सुसान प्रजापतिको छायांकन, राजेन्द्र मोक्तानको कलर, सगुन मानन्धरको भीएफएक्स तथा अनिमेस सापकोटाको सम्पादन देख्न सकिन्छ ।

यो चलचित्र आउँदो फागुन ३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?