राष्ट्र बैंकले बैकिङ प्रणालीमा ५२ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा ५२ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपको रुपमा २०८० वैशाख १० गतेदेखि २०८१ वैशाख १० गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपको रुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि ४१ करोड ६० लाख, बिकास बैंकहरुको लागि सात करोड ८० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ६० लाख रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही चैत ३० गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?