सरकारी चिकित्सक संघ आन्दोलित, सरकारलाई दिए यस्तो चेतावनी

काठमाडौं  । सरकारी चिकित्सक संघले आज देशभरका स्वास्थ्य आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेका छन् ।

आइतवार चिकित्सक संघले प्रेस विज्ञप्तिमा जारी गर्दै आज सोमवार बिहान १० बजे देखि ११ बजेसम्म आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्नेे बताएका हुन् ।

साथै चिकित्सक संघले विज्ञप्ति मार्फत आन्दोलनका कार्यक्रम समेत  सार्वजनिक गरेका छन् ।

सरकारी चिकित्सक संघले आह्वान गरेको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ तथा धर्ना दिने पूर्वर्धारित कार्यक्रममा चिकित्सक तथा सुभेक्षुकको सकृय सहभागीता रहेको तर मन्त्रालयले कुनै पनि चासो नदिएको भन्दै संघले कडा कदमहरु चाल्ने विज्ञप्तिमा लेखिएको छ ।  

सरकारी चिकित्सकहरुले आज बिहान १० बजेदेखि ११ बजेसम्म आकस्मिक बाहेक सम्पूर्ण सेवा स्थगन गरी आस्पलातमा धर्ना दिने कार्यक्रम रहेको बताएका छन् । 

सरकारले वार्ता र सहमतिका लागि कुनै पनि कदम नचाले चिकित्सकहरु सम्पूर्ण स्वास्थ्य सेवाहरु छाडेर आन्दोलनमा जाने चेतावनी पनि दिएका चिकित्सक संघले यसको जिम्मेवार सरकार स्वयम् हुने विज्ञप्ति उल्लेख छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?