काठमाडौं । डिजिटल बैकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्र्दै बैंकले यहि वैशाख एक गते देखि वैशाख सात गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यासलेस कारोवारमा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत एक हजार रुपैंयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुई सय रुपैंयाँसम्म क्यासब्याक दिइने छ ।
यसैगरी क्युआर कोड मार्पmत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि पाँच सय रुपैंयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुई सय रुपैंयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ–कम कार्ड लिन चाहनु हुने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।
त्यसैगरि बैंकले पुँजी बजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधि भर ग्राहकहरुको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ । साथै बैंकका निष्कृय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बंैकिङ्ग मार्फत पाँच सय रुपैंयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ दुई सय रुपैंयाँसम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ ।
यस्ता नगद रहित कारोवारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गहरुलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, एक सय ३९ वटा ए.टि.एम, तीन वटा विस्तार काउन्टरर ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया