स्वास्थ्य समितिको प्रतिवेदन सम्झौता विपरित : डा. केसी

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सम्झौता विपरित तयार भएकोमा डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । 

सोमवार पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सम्झौता विपरित तयार भएकोमा आपत्ति जनाएका हुन् । 

उपसमितिले आइतवार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो ।

पत्रकार सम्मेलनमा डा. केसीले भनेका छन्, ‘शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै हामीसँग भएको सम्झौता अनुरुप नै विधेयक पारित हुन्छ भनेकाले हामीले सत्याग्रहका कार्यक्रम पुस २५ सम्मका लागि स्थगित गरेका थियौं तर, हामीसँग भएको सम्झौता विपरित प्रतिवेदन तयार भयो, उपसमितिले बनाएको प्रतिवेदन अबिलम्ब सच्याउन समितिलाई माग गर्दछौं । अन्यता हामीले दिएको समयसीमा भन्दाअगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुनेछौं ।’


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?