एजेन्सी । भारतले अस्ट्रेलियाविरुद्धको चार टेष्ट क्रिकेट सिरिजमा विजयी भएको छ ।
चार टेष्ट क्रिकेटमा भारतले अस्ट्रेलियामाथि २-१ को जीत निकालेको हो । भारतले अस्ट्रेलियाको भुमिमा ७२ वर्षपछि पहिलो पटक टेष्ट सिरिज जितेको हो । आइतवार राति सम्पन्न भएको चौथो तथा अन्तिम टेष्ट क्रिकेट वर्षाका कारण अवरुद्ध भएको थियो ।
अस्ट्रेलियाको दोस्रो पारी खेल चलिरहँदा वर्षा भएपछि खेल बराबरीमा सकिएको थियो ।
सन् १९४८ पछि भारतले अस्ट्रेलियाको भुमिमा उपाधि जित्न सकेको थिएन् । भारतलाई जित दिलाउन चेतेश्वर पुजारा र कुलदिप यादवले महत्वपूर्ण योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ६ सय २२ रन बनाएको अवस्थानमा पहिलो पारीको समाप्त गरेको थियो । भारतका लागि विकेटकीपर ऋषव पन्त र चेतेश्वर पुजाराले शतकिय पारी खेले ऋषवले १ सय ८९ बलमा १५ चौका र १ छक्काको मदतमा १ सय ५९ रन बनाए ।
त्यस्तै चेतेश्वर दोहोरो शतक बनाउन मात्र ७ रनले चुके । उनले १ सय ३० ओभरमा १ सय ९३ रनमा पेभिलियन फर्किए । यता रविन्द्र जडेजा र पन्तले ७ औँ विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
जडेजा ८१ रनमा पेभेलियनमा फर्किएपछि भारतले पहिलो इनिङस समाप्तीको घोषणा गरेको थियो । युवा खेलाडी मयंक अग्रवालले ७७ रन, हनुमा विहारीले ४२, कप्तान विराट कोहलीले २३, अजिंक्या रहाणे १८ तथा केएल राहुल ९ रन जोडेका थिए ।
जवाफी मैदानमा उत्रेको घरेलु टिम पहिलो पारीमा सबै विकेटको गुमाउँदै मात्र ३ सय रनमा समेटिएको थियो । दोस्रो पारीको शुरुवात गरेको अस्ट्रेलियाले मात्र ६ रन बनाउदा वर्षा भएपछि खेल अवरुद्ध भएको थियो ।
अस्ट्रेलियाका लागि लाथन लायनले ४, जोश हेजलवुडले दुई र मिचेल स्टार्कले १ विकेट हात पारे । चार टेस्टको श्रृंखलामा भारतले २–१ को अग्रता बनाएको छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी भएको थियो ।
त्यस्तै दोस्रो टेष्टमा १ सय ४६ रनले पराजित भएको भारत तेस्रो टेस्टमा भने १ सय ३७ रनले विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया