सिरियाबाट सेना फिर्ता गर्ने विषयमा अमेरिकाले राखे यस्ता शर्त

काठमाडौं । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा अमेरिकाले केही शर्तहरु अगाडि सारेको छ । 

इजरायल र टर्कीले सिरियामा कुर्दिश सेनाहरु सुरक्षित रहने प्रतिवद्धता जनाए मात्र त्यहाँस्थित अमेरिकी सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जाने बोल्टनले बताएका हुन् । 

योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सिरियाबाट आफ्नो सेना हटाउने भनी गरेको घोषणा कार्यान्वयन केही पछि ढकेलिने संकेत देखिएको छ ।  

यसअघि राष्ट्रपति ट्रम्पले सिरियास्थित आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेका थिए । 

साथै सुरक्षा सल्लाहकार बोल्टनले इस्लामिक स्टेट आइएसलाई समेत विस्थापित गर्नुपर्ने माग अघि सारेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?