चर्चित हॉस्य कलाकार सुबोेध गौतमले ल्याए नयाँ कमेडी शो ‘हाँस्ने घर’

काठमाडौं । पछिल्लो समय निकै चर्चाको शिखरमा पुग्न सफल चर्चित हॉस्य कलाकार सुबोध गौतमले नया कमेडी शो ‘हास्ने घर’ दर्शक समक्ष ल्याएका छन। समयसामयिक विषय वस्तुमा आधारित रहेर बनाइएको उक्त कार्यक्रम  दर्शक हरुले ज्यादैनै रुचाउने विषयलाई उठाएको उनले बताए ।

उक्त कमेडी शोमा यादव देवकोटा सरापे, राजू कमेडी रेम्बो, नवराज उप्रेती आदि कलाकारहरुको अभिनय देख्न सकिने छ। कार्यक्रम भित्र साताको  गनगन, आईडिया सेन्टर लगायतका विभिन्न सेगमेंटहरु रहेका छन । ‘हास्ने घर’ र आईडिया सेन्टर पहिले विभिन्न च्यानल बाट छुट्टा छुट्टै आयता पनि हाल एउटै कार्यक्रममा समावेश गरिएको छ।

यो कार्यक्रम प्रत्येक साता गनगन टीभी मार्फत सार्वजनिक गरिने ‘हाँस्ने घर’ टीमले हामीलाई बताएका छन। 

एक्सन फिल्मस प्रालीको निर्माण रहेको उक्त कार्यक्रम मा सुबोध गौतम, राजू भुजेल, यादब देवकोटा, युबराज खत्री, नबराज उप्रेती, रेशम प्रधान आदिको सहकार्य रहेको छ। कार्यक्रमका निर्देशक तथा प्रस्तोता सुबोध गौतम हुन भने सम्पादन युबराज खत्रीको रहेको छ। 

लामो समयदेखि क्यारिकेचर मार्फत आफ्नो कला प्रस्तुत गर्दै आउनु भएका सुबोध गौतमले  पछिल्लो समय बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ को हूबहू नक्कल गरेपछि स्वयं मदनकृष्ण श्रेष्ठले खुलेर प्रशंसा गरेका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?