एजेन्सी । के तपाईलाई थाहाँ छ ? जनवरीको पहिलो सोमवार विश्वभर ‘डिभोर्स डे’ भनेर मनाउँने गरिन्छ । सबै व्यक्तिहरुले यो दिन मनाउँने गरेका छैनन् तर, केही वकिलहरुले भने यो दिन मनाउँदै आइरहेका छन् ।
‘डिभोर्स डे’ यस कारण पनि धेरै रोचक छ कि यो दिनमा विवाहित धेरैले आफ्नो विवाह समाप्त गर्ने गरेका छन् । यो दिन आफ्नो सम्बन्धको अन्त्य गर्नको लागि राम्रो मौका भएको मानिँदै आएको छ । यसदिन डिर्भोस गर्न चाहने व्यक्तिहरुको संख्यामा पनि वृद्धि हुने गरेको छ ।
यस्तो अवस्थामा प्रश्न उत्पन्न हुन्छ, नयाँ वर्षको शुरुवातमा के हुन्छ जसको कारण मानिसहरुले विवाह तोड्न वा आफूलाई अलग गर्न चाहान्छन् ?
ब्रिटेनको सम्बन्ध सम्बन्धी रिर्पोटको अनुसार, ५५ प्रतिशत युवाहरुमा क्रिसमस र नयाँ वर्षको शुरुवात धेरै तनाव र थकाई बढ्ने गरेको छ ।
रिटेल संस्थाका सल्लाहकार सिमोन बोसका अनुसार, क्रिसमसको बेलामा धेरै डिभोर्स हुन्छ भनिएको होइन् तर, यदि कोही समस्यामा परेको छ भने कोही पनि आफ्नो सम्बन्धलाई अगाडि लैजान चहादैँनन् ।
यदि मानिसमा कुनै समस्या छ भने क्रिसमस र नयाँ वर्षको कार्यक्रममा, परिवार दायित्व र वित्तीय संकटका कारण धेरै तनावको महशुस गर्ने गर्छन्, जसको नतिजा सम्बन्ध विच्छेद नै हुने गरेको छ ।
यसको कारण, जनवरीमा हरेक वर्ष उत्सव पछि, त्यस्ता परिवारहरूको संख्या बढ्दै गइरहेको छ जसमा मानिसहरु आफूहरु एकअर्कोसँग अलग हुने निर्णय लिएर पुग्ने गरेका छन् ।
यो बाहेक ब्रिटेनको अदालतमा क्रिसमस र नयाँ वर्षको पहिलो दिनमा चार सय ५५ डिभोर्सको अनलाइन आवेदन भरिएको थियो । जसमा क्रिसमसको दिनको पनि आवेदनलाई समाबेश गरिएको छ ।
डिर्भोस सर्पोट सर्भिस एमिकेबलका अनुसार ब्रिटेनमा मात्र जनवरीको महिनामा ४० हजार ५ सय मानिसहरुले आफ्नो कम्पूटरमा डिर्भोस लेखेर सर्च गरेका थिए ।
जनवरी भन्दा पहिला के हुन्छ ?
एमिकेबलको सह–संस्थापक केट डैलीकाअनुसार क्रिसमस र नयाँ वर्षको उत्सवमा निश्चित रूपमा भावनाहरु बढ्ने गर्छ र जोडीहरु धेरै समयसँगै बिताउँछन् ।
तर, कुनै जोडीहरु यस्ता पनि हुने गरेका छन् जो आफ्नो खराब सम्बनध हुँदा-हुँदै पनि बच्चा र परिवारको लगि डिर्भोस गर्ने गरेका छैनन् । कोही यस्ता पनि हुन्छन् जो आफ्नो बिग्रेको सम्बन्धलाई राम्रो बनाउने कोशिस पनि गर्छन् ।
सामान्यतया विवाहित जोडीहरू क्रिसमस वा कुनै अन्य छुट्टीको योजना बनाउँदा भविष्यसँग जोडिएर कसलै पनि कुराकानीहरु गर्ने गरेका छैनन् तर, उनीहरु परिवारसँग बसेर एकअर्कासँग शुभकामना आदान-प्रदान गर्ने गर्छन् ।
यदि सम्बन्धहरु बिग्रने क्रम क्रमशः छ भने, दैनिक काम, घरको लागि समय र बाहिरको दुनियाको लगि समय निकाल्नेबीचमा तनाव महशुस हुने गर्दछ ।
यो सँगै आर्थिक अभाव र घरको दवावका कारण खराव सम्बन्ध झनै बिग्रेर जाने गरेको देखिएको छ । गरिवी सम्बन्ध बिग्रनुको प्रमुख कारण भएको बताइएको छ ।
महिनाको अन्तिमसम्म मानिसको दिमागमा धेरै कुराहरु बसिसकेको हुन्छ । मानिसहरुमा धेरै असन्तुष्टीहरु बढ्दै जादाँ आफूहरु अलग भएर बस्ने बारेका समेत सोच्ने गरेको पाइएको छ ।
नयाँ वर्षको शुरुवात
नयाँ वर्षको शुरुवात भविष्यसँग जोडेर हेरिएको हुन्छ, मानिसहरूले यसलाई राम्रो भविष्यको शुरु र नयाँ जीवनको शुरुवातको रूपमा हेर्ने गर्छन् । यदि कुनै व्यक्ति खराब सम्बन्धमा छन भने, यो सम्भव छ कि उनीहरु शारीरिक तथा भावनात्मक रुपमा एकअर्कोसँग अलग भएर बस्न चाहन्छन् ।
डैली भन्छिन्, ‘दुःखको कुरा के हो भने कुनै जोडीलाई यो पनि लाग्ने गरेको छ कि अब जोडिनुको कुनै पनि बाटो छैन, उनीहरु छिटो भन्दा छिटो एक आर्कोलाई डिभोर्स दिन चाहन्छन् ।’
सन् २०१८ मा मात्र पहिलो दिनमा डिभोर्ससँग सम्बिधित जानकारीको खोजी गरिएको थियो । ५८ प्रतिशतले वेबसाइट भ्रमण गरी मानिसहरुको संख्या बढ्ने गरेको छ भने १३ प्रतिशत फोन कलहरु बढ्ने गरेको छ ।
तथापि, यी संस्थाहरूको सल्लाहकारहरुको अनुसार, सही मद्दत पाउनको धेरै जोडीहरुले आफ्नो विवाहलाई बचाउँने गरेका छन् । बीबीसीबाट अनुवादित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया