काठमाडौं । गायिका समिक्षा अधिकारीले आफ्नो जीन्दगी पनि चलचित्रको कथा जस्तै भएको बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू अगाडी बढ्न खोज्दा पाइलाहरु पछाडी तानिने गरेको बताएकी छिन् ।
गायिका अधिकारीले आफूले सामाजिक सञ्जालमा मन भित्रका बह सुनाउन खोज्दा हासो र मजाकको पात्र बनाइएको उल्लेख गरेकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेका स्ट्याटस र तस्बिरहरुमा नकारात्मक प्रतिक्रियाहरु आइरहेको प्रति संकेत गर्दै उनले नजरहरु कतै भुलाउन खोजे पनि अध्यारोमात्रै देखिरहेको बताइन् ।
‘चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ । अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन ।’ उनले लेखेकी छिन्, ‘मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु ।’
नायक पल शाहसँग जोडिएको विषयमा पछिल्ला दिनहरुमा उनीप्रति सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाहरु आइरहेको छन् । त्यसतिर संकेत गर्दै उनले कुने घटना वा कथावस्तुको वास्तविकता एउटा हुने भए पनि त्यसलाई अर्कै ढंगले देखाइने गरेको टिप्पणी गरिन् । साथै समाजमा पनि बाह्य तर्कहरुको आधारमा धारणा बनाइ त्यसैमा तालि र गाली दिने गरिएको तर्फ संकेत गरेकी छिन् ।
‘कुनै पनी घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन । अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको ।’ उनले भनेकी छिन् ।
साथै उनले आफू समाजसँग घुलमिल हुने खोजेको भन्दै नकारात्मक प्रतिक्रिया नदिन समेत आग्रह गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया