२०८० सालको पहिलो कारोबार दिनमा कति छ सुनचाँदीको मूल्य ?

लोकपथ
140
Shares

काठमाडौं । २०८० सालको पहिलो कारोबार दिनमा नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

गत कारोबार दिन २०७९ साल चैत ३० गते नेपाली बजारमा प्रतितोला छापावाला सुुनको मूल्य १ लाख १० हजार ८ सय रहेको थियो ।

आज तोलामा ८ सयले गिरावट आइ १ लाख १० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रहेको छ ।

यता चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । यसअघि १ हजार ४ सय ५० रहेको चाँदीको मूल्य आज पनि त्यहि कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?