काठमाडौं । एनएमबि बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ वर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ ।
बैंकले सर्वसाधारणसम्म वित्तीय पहुंच सुनिश्चिताको लागि आर्टिफिसियल ईन्टेलिजेन्स एल मा आधारित आन्तरिक प्रविधिको विकास गरी बैंकको क्युुआर प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यक्तालाई ध्यानमा राखी २ लाख सम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गर्ने जनाएको छ ।
अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्य रहेको बैंकको दाबी रहेको छ ।
साथै यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गई ब्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुको साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास लिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया