एनआईसी एशियाका संस्थापक अध्यक्ष अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ बाट विभूषिण

लोकपथ
35
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार जगदीशप्रसाद अग्रवाल राष्ट्रपतिद्वारा ‘सुप्रबल जनसेवाश्री’ विभूषिण भएका छन् ।

वैशाख १ गते नयाँ वर्षको अवसरमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका हुन् ।

सो अवसरमा बैंकले जगदीश प्रसाद अग्रवाललाई बधाई ज्ञापन गरेकाे छ ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलतामार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउदै आएको बैंकले जनाएको छ ।

उनी बैंकको पूर्व अध्यक्ष साथै हाल विशाल ग्रुपका अध्यक्ष समेत रहेका छन् । उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा.लि, कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामयभूमिका निर्वाह गर्दै आएका छन् ।

उनले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणकोबैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?