आवस्यक कागजात नै पेश नगरी नेपालमा बिदेशी बीमा कम्पनीको दर्ता नविकरण

लोकपथ
49
Shares

काठमाडौं । नेपालमा बीमा क्षेत्रमा बिकास, बिस्तार, सञ्चालन र नियमन लगायतका कार्य गदै आएको नेपाल बीमा प्राधिकारणको कार्यप्रति प्रश्न उठेको छ ।

महालेखापरिक्षकको कार्यालयले बीमा प्राधिकरणको कार्यप्रति प्रश्न उठाएको हो ।नेपालको बीमा क्षेत्रमा मेट लाईफ एलिको, लाईफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड लगातका बिदेशमा दर्ता रहेका बिदेशी बीमा कम्पनीहरुले नेपालमा पनि आवस्यक प्रकृया पुरा गरेर बीमा सम्वन्धी कारोबार गर्दै आएका छन् । यो कारोबारको लागि प्रत्येक बर्ष ती कम्पनीहरुले दर्ता नविकरण गर्नुपर्ने हुन्छ । तर नेपाल बीमा प्राधिकरणले भने बिदेशी बीमा कम्पनीको नविकरणको हकमा आवस्यक कागजात नैं पुरा नगरी नवीकरण गरिदिएको पुष्टि भएको छ ।

महालेखा परिक्षकको कार्यालयले यही चैत ३० गते सार्वजनिक गरेको आफ्नो ६० औं बार्षिक प्रतिवेनमा भनेको छ, बीमा ऐन, २०४९ को दफा ११ अनुसार बीमा कम्पनीहरुले वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन, बीमांकी प्रतिवेदन पेस गरी प्रत्येक बर्ष व्यवसाय नविकण गर्नुपर्ने व्यवस्था रहेको छ । सो नगरेमा इजाजत नं रद्ध गर्न सकिने व्यवस्था रहेको छ । तर बिदेशमा मुख्य कार्यालय रहेको दुई वटा बिदेशी बीमा कम्पनीहरुले नेपालमा दर्ता भई व्यवसाय गरेपनि ऐनमा भएको व्यवस्था अनुसारको कागजात नैं पेस नगरी नवीकरण गराएका छन् । यस बिषयमा महालेखाको ६० प्रतिवेदनमा भनिएको छ, लेखापरीक्षण प्रतिवेदन, बीमांकीको प्रतिवेदन लिएर नवीकरण गर्नै एवं कारोबारको अनुगमन गर्नुपर्दछ ।

प्रतिवेदन अनुसार राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले बिगत सात बर्ष देखि लेखापरीक्षण गराएका छैंनन । पटक–पटक अर्थमन्त्रालय, बीमा प्राधिकणका पदाधिकारीहरु लगायतको सहभागितामा बैठक आयोजना गरिएकोमा यो अवधिसम्ममा पनि उक्त बर्षहरुको लेखापरिक्षण हुन सकेको छैन । बिगतमा प्राधिकरणको ध्यानाकर्षण गराई लिखित पत्राचार समेत गरिएकोमा हालसम्म कुनै कारवाही नभएको भन्दै महालेखाले ती कम्पनीहरुलाई तत्काल रोकिएको बार्षिक साधारण सभा सम्पन्न गर्न पनि सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?